आज काठमाडौँका केही ठाउँमा सवारी निषेध, विभिन्न ठाउँको ट्राफिक रुट परिवर्तन
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण बुधबार, २०८१ | ०८:५६:०० मा प्रकाशित

काठमाडौँ । आज उपत्यकाका विभिन्न ठाउँको ट्राफिक रुट परिवर्तन भएको छ । विशेष गरी भगवान शिवको मन्दिर आसपासका क्षेत्रमा विशेष भीडभाड हुने भएकाले त्यस्ता ठाउँमा ट्राफिक जाम नपरोस भनी रुट परिवर्तन गरिएको छ ।
महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्रमा भक्तजनहरुको भिड बढेकाले त्यस क्षेत्रमा सवारी निषेध गरिएको छ । तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।
दर्शनार्थीहरूकै भिडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी साधन लिएर दर्शन गर्न मन्दिर जाने दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
बनकाली, भन्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था मिलाइएको हो । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने दर्शनार्थीको सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
त्यस्तै दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरुको लागि बनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।
त्यसैगरी पशुपती क्षेत्र विकाश कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।
तोकिएको स्थानमा मात्रै सवारी साधन पार्किङ गरि ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्बन्धित सबैमा ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस