कला
पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ सार्वजनिक
- गाउँ सहर संवाददाता
- ६ माघ आइतबार, २०८१ | १३:३३:०० मा प्रकाशित

काठमाडाैँ। पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ पुस्तक सार्वजनिक भएको छ।
राणा प्रधानमन्त्री जंगबहादुरले काठमाडौँबाट बेलायत यात्रामा निस्केको १७५औं वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकमा जंगबहादुरका बेलायत यात्राका रोचक सामग्री समावेश छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा लेखक बुढाथोकीका बुबा भक्तबहादुर बुढाथोकी, ऐतिहासिक त्रिरत्न मानन्धर, वरिष्ठ पत्रकार कुन्द दीक्षित, लेखक यादव देवकोटा, श्री ३ जंग संस्थाका अध्यक्ष पूर्व रथी सरोजप्रताप राणा र प्रकाशक कुन्ता थापाले पुस्तकको विमोचन गरेका छन्।
लेखक बुढाथोकीको यो चौथो किताब हो। यसअघि आर्थिक उदारीकरणका २० वर्ष, समकालीन नेपाली अर्थतन्त्र र कोरोना कहरपछिको अर्थतन्त्र (ई-बूक) प्रकाशित छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
- लगातार घटेको नेप्से बुधबार दोहोरो अंकले बढ्याे
- मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
- नेपालमा व्यवस्था बदल्ने बेला आयाे - डा. राणा
- संसदमा सधैँ हल्ला खल्ला (प्रत्यक्ष प्रसारण)
प्रतिकृया दिनुहोस