मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्ताे रहनेछ शनिवार
- गाउँ सहर संवाददाता
- ५ माघ शनिबार, २०८१ | ०६:३३:०० मा प्रकाशित
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- धुलिखेल- नेपालकै पहिलो स्वस्थ सहर
- महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदै
- विपक्षी दलहरुको निष्कर्ष : सरकार निरंकुश बन्दै गयाे
- निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
- जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश
- आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु
- लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडप, १३ जना स्थानीय हिरासतमा
- पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च
- आजको मौसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- पक्षघातको महँगाे पर्ने औषधि निःशुल्क उपलब्ध हुँदै
प्रतिकृया दिनुहोस