कला

चिसो कुरा

यतिबेला बिहानको पाँच बजिरहेको छ
मसित कुनै ताजा समचार छैन
मात्र चिसोले मुटुसित चिसो कुरा गरिरहेछ
माघे बिहानको चिसो फुर्सद
चिसा मान्छेहरुको चिसो याद गरिरहेछ । 

पल्लो घरमा कुखुराको भाले 
ड्युटीमा निस्केको छ
उसकाे घडी सधैँ ठिक समय दिन्छ
भाले उसको ईश्वरसित 
यसरी नै सम्बाद गर्छ बिहान
म प्राय:जसो आफैँसित सम्बाद गर्छु
आफैँसित प्रार्थाना गर्छु-
चिसो प्रार्थना
जो ईश्वरसम्म पुग्दैन 

चिसा मान्छेसित चिसो यात्रा गर्नु
भगवानसित चिसो आराधना गर्नु
चिसो बिहानसित चिसो सम्बाद गर्नु
चिसा दिनहरुको दैनिकी भएको छ ।

तपाईँको मत