आजको मौसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- गाउँ सहर संवाददाता
- ४ माघ शुक्रबार, २०८१ | ०६:५३:०० मा प्रकाशित
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्ताे रहनेछ शनिवार
- विपक्षी दलहरुको निष्कर्ष : सरकार निरंकुश बन्दै गयाे
- निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
- जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश
- आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु
- लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडप, १३ जना स्थानीय हिरासतमा
- पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च
- पक्षघातको महँगाे पर्ने औषधि निःशुल्क उपलब्ध हुँदै
- आर्मीलाई हराउँदै पुलिस बन्याे जय ट्रफी एलिट कपकाे च्याम्पियन
- क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्दै
प्रतिकृया दिनुहोस