पुस महिनाका लागि ब्याजदर कुन बैंकले घटाए, कुनले बढाए ?
- गाउँ सहर संवाददाता
- ३० मङ्सिर आइतबार, २०८१ | १६:५९:०० मा प्रकाशित

काठमाडौं । मंसिर महिनाको तुलनामा वाणिज्य बैंकले पुषका लागि ब्याजदर ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।
मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको छ ।
मंसिरको तुलनामा पुसमा तीन वटा बैंकले ब्याजदर घटाएका छन् भने नि वटा बैंकले बढाएका छन् । बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदरलाई कायमै राखेका छन् ।
ब्याजदर बढाउनेमा एनएमि बैंक, प्राइम र कृषि विकास बैंक रहेका छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत पुर्याएको छ ।
प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।
मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।
यस्तै सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत रहेको छ भने नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटाएर ५.६ प्रतिशत रहेको छ । बाँकी बैंकको ब्याजदर भने यतावत रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
प्रतिकृया दिनुहोस