चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | १३:१४:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २५० किलो अलैंची निर्यात भएको हो ।
गत आर्थिक वर्षको चार महिनाको तुलनामा २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार उक्त अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो ।
विभागकाे तथ्यांकले परिमारण र मूल्यका आधारमा अलैंची निर्यात घटेको देखाए पनि विगत दुई वर्षयता उत्पादन समेत घटेको नेपाली अलैंची व्यवसायी महासंघले जनाएको छ । अलैंची उत्पादन ५० प्रतिशतले घटेकाले मूल्य भने १० वर्षपछि बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । '१० वर्षअघि प्रति मन (४० किलाे) १ लाख २० हजार पुगेको थियो, यसपालि प्रतिमन १ लाख ७ हजारसम्म पुग्यो,' उनले भने, ' अहिले सरदर प्रतिमन १ लाख ५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।'
उत्पादन घटेकाले गत वर्ष पनि प्रतिमन ९० हजार रुपैयाँमा काराेबार भएको उनले सुनाए । पछिल्ला तीन वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादन भएको अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस