चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | १३:१४:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २५० किलो अलैंची निर्यात भएको हो ।
गत आर्थिक वर्षको चार महिनाको तुलनामा २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार उक्त अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो ।
विभागकाे तथ्यांकले परिमारण र मूल्यका आधारमा अलैंची निर्यात घटेको देखाए पनि विगत दुई वर्षयता उत्पादन समेत घटेको नेपाली अलैंची व्यवसायी महासंघले जनाएको छ । अलैंची उत्पादन ५० प्रतिशतले घटेकाले मूल्य भने १० वर्षपछि बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । '१० वर्षअघि प्रति मन (४० किलाे) १ लाख २० हजार पुगेको थियो, यसपालि प्रतिमन १ लाख ७ हजारसम्म पुग्यो,' उनले भने, ' अहिले सरदर प्रतिमन १ लाख ५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।'
उत्पादन घटेकाले गत वर्ष पनि प्रतिमन ९० हजार रुपैयाँमा काराेबार भएको उनले सुनाए । पछिल्ला तीन वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादन भएको अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस