लुम्बिनीले चितवनलाई दियो एक सय ६८ रनको लक्ष्य, रोहित र सादको अर्धशतक
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर मंगलबार, २०८१ | १०:४३:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन जोडे।
उसका लागि कप्तान रोहित कुमार पौडेल र साद बिन जफरले क्रमशः ८० र ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाउँदा टम मोर्सले १० रन जोडे।
लुम्बिनीका लागि ओपनर आशुतोष गिराहिया १ रनमा आउट हुँदा तेस्रो नम्बरमा आएका उन्मुक्त चन्द समेत डक भए। सन्दीप जोराले अन्तिममा चार रनको अविजित पारी खेले।
चिवतनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले एक–एक विकेट लिए।
चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी प्रतियोगितामा लुम्बिनीले एउटा पनि खेल जित्न सकेको छैन भने चितवन चार खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस