बुधबारकाे शेयरबजार ओरालो
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर बुधबार, २०८१ | १५:१९:०० मा प्रकाशित
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २४.९ अंकले घटेर दुई हजार ७५०.८७ बिन्दुमा बजार बन्द भएको छ । बजार खुलेसँगै उच्च अंकले ओरालो लागेको शेयर बजार त्यसपछि सम्हालिँदै उतारचढावका बीच घटेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.१८, फ्लट इन्डेक्स ०.५९ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५७ अंकले घटेको छ । १३ उपसमूहमध्ये ऊर्जा, उत्पादन तथा प्रशोधन र लघुवित्तबाहेक सबै उपसमूहको शेयर घटेको छ ।
आज कारोबारमा आएका २४४ मध्ये १३२ कम्पनीको शेयरमूल्य घटेको छ भने १०४ कम्पनीले कमाएका छन् । यस्तै ८ कम्पनीको शेयर स्थिर रहेको छ । बुधबार सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ भने विशाल बजार कम्पनीको शेयर ९.१७ प्रतिशतले घटेको छ ।
खानीखोला जलविद्युत्, जोशी हाइड्रोपावर, रिभर फल्स पावर, इङ्ग्वा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको शेयर ९ प्रतिशतभन्दा ज्यादाले बढेको छ ।
यसदिन ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिदब्रिकी भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सिटिजन एनुअल विजनेस रिट्रट पोखरामा सम्पन्न
- अध्ययनले भन्छ- जलवायू परिवर्तनकाे असरले ४० प्रतिशत कृषि उत्पादनमा कमी
- एमपोस मार्फत रिचार्ज गर्दा नेपाल टेलिकमका ग्राहकलाई ८ जीबीसम्म डेटा बोनस
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना (सूचीसहित)
- एनपीएलमा आज दुई खेल हुँदै
- चीनद्वारा नेपाललाई ९ अर्ब अनुदान दिने घाेषणा
- ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डाइग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
- चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
- नेपाल र चीनबिच यी विषयका सहमतिपत्रमा भए हस्ताक्षर
- सुदूरपश्चिम रोयल्सले पहिलाे खेल जित्दा विराटनगरको लगातार दोस्रो फराकिलो हार
प्रतिकृया दिनुहोस