पूर्वाधार

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा धमाधम कालोपत्र

  • १२ मङ्सिर बुधबार, २०८१ | ०८:२४:०० मा प्रकाशित

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।

‘दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो, बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ’, निर्माण व्यवसायी राजु गौतमले भने ।
लोकमार्गअन्तर्गत बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघि नै कालोपत्र भएको हो ।

यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताइन् ।

तपाईँको मत