विद्युत

आजबाट बङ्गलादेश विद्युत् निर्यात हुँदै

  • ३० कार्तिक शुक्रबार, २०८१ | ०८:४६:०० मा प्रकाशित

काठमाडौं । आज नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रूपमा  संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । 

त्यसपछि आज राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ । 

नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा साबित हुने बताए । 

तपाईँको मत