सडक/यातायात
बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | १९:४९:०० मा प्रकाशित
बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका–२ पुरेनामा गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु१ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु६६प ४८७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर साे दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी सोही नगरपालिका–३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
के-कति कारणले दुर्घटना भएकाे भन्ने बारे अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायी महासंघ निर्णायक आन्दोलनकाे तयारीमा
- २०औं लेखनाथ महोत्सव सुरु, पर्यटन र स्थानीय उत्पादनलाई महत्त्व दिन मुख्यमन्त्री पाण्डेकाे आग्रह
- बझाङमा जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु
- आज कहाँ कस्ताे माैसम रहला ?
- प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको मेयर बालेनको आरोप
- ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गर्याे
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
- यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : दराजमा १८ प्रतिशत छुट
- भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
प्रतिकृया दिनुहोस