गाउँ सहर
रुपन्देही जिल्ला अदालतले पनि रवि र छविमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दियाे
- गाउँ सहर संवाददाता
- ८ कार्तिक बिहीबार, २०८१ | १८:४१:०० मा प्रकाशित

रुपन्देही। रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको छ।
यसअघि सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो। त्यसपछि उनलाई पोखरा लगिएको थियो।
अहिले उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस