धेरै प्रदेशहरूका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- गाउँ सहर संवाददाता
- १ कार्तिक बिहीबार, २०८१ | ०६:४४:०० मा प्रकाशित
काठमाडौँ । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज र भाेलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- साफ महिला च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै, श्रीलंका र माल्दिभ्स पहिलाे र दाेस्राे खेल नेपाल र भुटानबीच
- मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : काेसी प्रदेशबाट ४४ जनाकाे उद्धार
- पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली
- साफ महिला च्याम्पियनसिप २०२४ मा भारतकाे विजयी सुरुवात
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
- ज्योति विकास बैंकका ग्राहकहरुलाई १ वर्षसम्म पोखरास्थित कुटी रिसोर्टमा २०% सम्मको विशेष छुट
- निर्वाचन आयोगको राजनीतिक दलहरुलाई यस्ताे निर्देशन
- द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट
- ‘किसान सरल कर्जा’ राष्ट्रिय वाणिज्य बैंकद्वारा शुभारम्भ
प्रतिकृया दिनुहोस