सेवा

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : काेसी प्रदेशबाट ४४ जनाकाे उद्धार

उदयपुर । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार १६ जनाकाे उद्धार गरिएकाे छ ।

साे उद्धार मानवसेवा आश्रमले गरेकाे हाे ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका विभिन्न स्थानहरुबाट १६ जनाकाे उद्धार भएकाे हाे । जसमध्ये बेलका नगरपालिकाबाट ६ जना, चाैदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि १६ जनाकाे उद्धार गरिएकाे हाे ।

उद्धार भएका ८ जना पुरुष र ८ जना महिलालाई आजै स्थान्तरण गरि मानवसेवा आश्रमकाे विराटनगर शाखामा लगिएकाे छ ।

उद्धार टाेली बिहीबार उदयपुर जिल्लाकाे विभिन्न ठाउँहरुमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार सेवाामा खटिएकाे हाे ।

असाेज २८ गतेबाट  पूर्वकाे मेचीनगरनगर नगरपालिकाबाट सुरु भएकाे यात्राकाे चाैथाेदिन कार्तिक १ गतेसम्मकाे अवधिमा उदयपुरकाे गाईघाटसम्म आइपुग्दा काेसी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाकाे उद्धार गरिएकाे हाे ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत