खेल

साफ महिला च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै, श्रीलंका र माल्दिभ्स पहिलाे र दाेस्राे खेल नेपाल र भुटानबीच

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज हुने दिनको पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ । दशरथ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साढे ३:३० बजेदेखि शुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेल नेपाल र भुटानबीच हुनेछ । यो खेल नेपाली समयअनुसार ५:३० बजेदेखि शुरु हुनेछ ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा सहभागि छन्। नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत