कला

द ईन्ड अफ डेङ्गु फेस्टिभल

  • २८ असोज सोमबार, २०८१ | १५:३६:०० मा प्रकाशित

कुनै शक्तिशाली राष्ट्रको राष्ट्रपति झैँ नाम धारी
एडिस एजिप्टाई लामखुट्टे भ्रमणमा आयो
र चुसेर गयो रगत
जसरी चुस्छन् शक्तिशाली शासकहरु
निमुखा नागरिकको निलो रगत

सहरबाट लाहुरे गाउँ पसे झैं
डेङ्गु नामधारी भाईरस रगतमा बस्यो
जसरी बस्छन् मनभित्र
डेट एक्स्पाएर्ड यादहरु

जसै दसैं फेस्टिभल सकियो
तसै सकियो डेङ्गु फेस्टिभल

अब म आराम गर्दा गर्दा थाकेर
थकाई मार्न आरम गर्छु ।

तपाईँको मत