सडक/यातायात
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना हुँदा एकजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २४ असोज बिहीबार, २०८१ | १५:५७:०० मा प्रकाशित
दोलखा । काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३ नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका –८ बोचको चरङ्गेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार दुर्घटनामा २३ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएकाे हाे । गम्भीर घाइते २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको च्यारोल्पा अस्पताल चरिकोटले जनाएको छ ।
ओभर स्पीडका कारण दुर्घटना भएको डिएसपी खड्काले जानकारी दिए । बसमा ४३ जना सवार थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस