अर्थतन्त्र

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ ।

आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत