ज्योति विकास बैंकका ग्राहकहरुले संगम स्विट्समा ३० प्रतिशतसम्म छुट पाउने
- गाउँ सहर संवाददाता
- १८ भदौ मंगलबार, २०८१ | २०:५८:०० मा प्रकाशित

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई संगम स्विट्समा १० प्रतिशतसम्मको विशेष छूट सुविधा दिने भएको छ ।
उक्त छूट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षरपश्चात् कम्पनीका ग्राहकहरूले संगम स्विट्सको कमलपोखरीस्थित आउटलेटमा न्युनतम २०० रुपैयाँको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छूटको लाभ लिन सक्नेछन्।
त्यसैगरी, हालै कम्पनीले ललितपुरस्थित मेडेक्स मल्टीस्पेस्यालिटीमा २० प्रतिशतसम्मको छूट प्रदान गर्ने सम्झौता गरेको छ।
यसका साथै, कम्पनीले काठमाडौंस्थित प्रख्यात ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, कम्पनीले लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
कम्पनीले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको बताएको छ।
कम्पनीले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस