ज्योति विकास बैंकका ग्राहकहरुले संगम स्विट्समा ३० प्रतिशतसम्म छुट पाउने
- गाउँ सहर संवाददाता
- १८ भदौ मंगलबार, २०८१ | २०:५८:०० मा प्रकाशित
काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई संगम स्विट्समा १० प्रतिशतसम्मको विशेष छूट सुविधा दिने भएको छ ।
उक्त छूट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षरपश्चात् कम्पनीका ग्राहकहरूले संगम स्विट्सको कमलपोखरीस्थित आउटलेटमा न्युनतम २०० रुपैयाँको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छूटको लाभ लिन सक्नेछन्।
त्यसैगरी, हालै कम्पनीले ललितपुरस्थित मेडेक्स मल्टीस्पेस्यालिटीमा २० प्रतिशतसम्मको छूट प्रदान गर्ने सम्झौता गरेको छ।
यसका साथै, कम्पनीले काठमाडौंस्थित प्रख्यात ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, कम्पनीले लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
कम्पनीले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको बताएको छ।
कम्पनीले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस