फोनपे क्युआर बाटै गर्नुहाेस् दिनको पहिलो भुक्तानी अर्थात् 'बोहनी'
- गाउँ सहर संवाददाता
- १६ भदौ आइतबार, २०८१ | ११:२४:०० मा प्रकाशित

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा 'बोहनी' भनिन्छ, फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्य 'बोहनी, फोनपे क्युआर बाटै' भन्ने पहलको सुरुवात गरेको छ ।
यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स(साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन्।
अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्नु हुनेछ ।
फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार, 'यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो। हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।'
२० लाख भन्दा बढी ग्राहक र नेपाल भर १४ लाखभन्दा बढी व्यवसायहरूमा फोनपे क्यु।आर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा, फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध छ।
फोनपे, नेपाल राष्ट्र बैंक ९नेपाल राष्ट्र बैंक० द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। एफवान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, फोनपे एक ISO २७००१ :२०१३ प्रमाणित कम्पनी हो।
फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश
- शिक्षकहरूकाे विषय संसदमा प्रवेश, दमनप्रति सांसदहरूकाे प्रश्न (लाइभ)
- आन्दोलन थप चर्काउँदै शिक्षक, गाउँमा रहेकाहरूलाई काठमाडौंमा आउन अपिल
- मधेश प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा २१ करोड भ्रष्टाचार भएको भन्दै तत्कालीन सचिव र निर्देशकविरुद्ध मुद्दा दायर
- बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत
- कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
- निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप, महासंघले बोलायो आकस्मिक बैठक
- संसदमा के छलफल चलिरहेकाे छ ? (लाइभ)
- डोल्पामा गयो भूकम्प
- वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
प्रतिकृया दिनुहोस