राष्ट्रिय महिला लिग फुटबल आजदेखि
- गाउँ सहर संवाददाता
- १६ भदौ आइतबार, २०८१ | १०:०३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला फुटबलको लिग आजदेखि सुरु हुँदैछ । ३ बजे हुने उद्घाटन खेलमा कोशी प्रदेशले वालिङको सामना गर्नेछ । १० टोली सहभागी हुने महिला लिगको पहिलो चरणका सबै खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
हिजो सम्पन्न प्रि-म्याच कन्फ्रेन्समा सहभागी क्लबका खेलाडीले वर्षाका कारण तयारीमा असर परेको बताएका छन् । छोटो तयारीका बीच पनि धेरै क्लबहरुले राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् ।
लिगमा तीन विभागीय, तीन प्रदेशिक, नगरपालिकाका दुई र दुई व्यावसायिक क्लब सहभागी छन् । हिजो आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा कोशी प्रदेशकी उपकप्तान सिमरन राईले पर्याप्त तयारी नभए पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएकी छन् ।
सहभागी टोलीले सिंगल राउन्ड रोबिन शैलीमा खेल्नेछन् । सबै टिमले एक महिनाभित्र समान नौ-नौ खेल खेलेपछि पाँच टिमले दोस्रो चरणमा स्थान बनाउने छन् भने पाँच टिम बाहिरिनेछन् । दोस्रो चरणमा पुगेका टिमलाई दशरथ रंगशालामा मंसिरदेखि डबल राउन्ड रोबिन शैलीमा खेलाइनेछ । दोस्रो चरणको शीर्ष चार टिमको क्वालिफायर, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।
सवा २ करोड खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख, साथै फेयर प्ले टिमले एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस