कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने
- गाउँ सहर संवाददाता
- १६ भदौ आइतबार, २०८१ | ०९:५८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरिएको छ ।
यसअघि गत साउन २३ गते सुरु भएको बैठक सहमति नजुट्दा स्थगित हुँदै आएको छ । साउन २८ गतेसम्म चलेर भदौ ७ गतेसम्मका लागि सारिएको बैठक भदौ १२ हुँदै आजसम्म आइपुगेको हो ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग दुईपटक छलफल गरे पनि सहमति हुन नसकेपछि शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक राखेका थिए । बैठकमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको दाबी गरिएको छ ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय कांग्रेसमा विवादित छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
प्रतिकृया दिनुहोस