शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’
- गाउँ सहर संवाददाता
- २५ श्रावण शुक्रबार, २०८१ | १६:३१:०० मा प्रकाशित
काठमाडाैँ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडिओ सहित सार्वजनिक भएको छ । यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ । म्युजिक भिडिओमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ । प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडिओ तयार पारिएको हो ।
गीतकार श्रेष्ठ हाल सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गर्दै क्यालिफोर्निया राज्यको डाटा एनालिस्टको रूपमा काम गर्दै छन्, विदेशी भूमिमा रहेर व्यस्त कामका बावजुद पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै उनले यो गीत तयार गरेका हुन् ।
आजकाल धेरै तीजका गीतहरू केवल पैसा र भ्यूजको लागि बनाइरहेको समयमा गीतकार प्रीतम श्रेष्ठले मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएका छन् । उनले यस अघि दुई गीतहरू 'मायालु' र 'तिमी हिड्ने गल्ली' सार्वजनिक गरिसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस