‘सम्धी ई–स्पोर्टस्’ ले जित्याे वेस्टमिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि
- गाउँ सहर संवाददाता
- १७ श्रावण बिहीबार, २०८१ | १८:१३:०० मा प्रकाशित

काठमाडौं । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस् टिमले जितेको छ । तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहितउपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो ।हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी८५ अंक सहितविजेता बन्न सफल भएको हो । विजेता टिमले ट्रफि, सर्टिफिकेटसहित नगद ३७ हजार रुपैयाँप्राप्त गरेको छ ।
प्रतियोगितामा टुगेदर वि डोमिनेटटिमफस्र्ट रनरअप बन्न सफल भयो । रनरअप टिमले सर्टिफिकेटसहित २४ हजार रुपैयाँ प्राप्त गरेको छ ।त्यस्तै,सेकेन्ड रनरअपको उपाधि रेकर्सले प्राप्त गरेको छ । रेकर्सले सर्टिफिकेटसहित १४ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृट खेलाडीसुजन राई बन्न सफल भए । उनले सर्टिफिकेट सहितनगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेताहरुलाई कलेजका प्रिन्सिपल अरुणलाल जोशी तथा‘रश्मेकास्ट’का रश्मा महराले पुरस्कारप्रदान गरे ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै वेस्टमिन्स्टरका कलेजका प्रिन्सिपल जोशीले भने, ‘यो कार्यक्रमकलेजका विद्यार्थीहरुबीच ई–स्पोर्टस् खेललाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको हो ।
विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
प्रतियोगिताको व्यवस्थापन टेनेट्स गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस