गाउँ सहर
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवतरण गरेपछि...
- गाउँ सहर संवाददाता
- १६ श्रावण बुधबार, २०८१ | १५:५६:०० मा प्रकाशित

सुर्खेत । बिरामी बोकेर डोल्पाबाट नेपालगन्जका लागि उडेको नेपाली सेनाको हेलिकोप्टरलाई सुर्खेतमा आकस्मिक अवतरण गराइएको छ।
लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर बीसीलाई डोल्पाबाट उपचारका लागि नेपालगन्ज लगिंदै थियो। मौसम खराब भएपछि लेकबेसी नगरपालिका-६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।
सैनिक हेलिकोप्टरलाई साढे १२ बजेतिर खेतमा अवतरण गराइएको हो। मौसममा केही सुधार भएपछि अहिले हेलिकोप्टरलाई सुर्खेत विमानस्थल ल्याइएको डीएसपी विश्वकर्माले बताए।
बिरामी असई बीसीलाई उपचारका लागि एम्बुलेन्स मार्फत प्रदेश अस्पताल, कालागाउँ लगिएको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
- लगातार घटेको नेप्से बुधबार दोहोरो अंकले बढ्याे
- मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
- नेपालमा व्यवस्था बदल्ने बेला आयाे - डा. राणा
प्रतिकृया दिनुहोस