शेयर बजारमा १७ अर्ब २६ करोडको कारोबार हुँदा ३५.५५ अंकको वृद्धि
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | १५:११:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३५.५५ अंकले बढेर दुई हजार ६ सय ९६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८९ वटाको बढेको छ भने ४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड रहेका छन् ।
आज एशियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६० करोड १० लाख बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस