साढे १९ अर्बभन्दा बढी काराेबार भएकाे शेयरबजारमा नेप्से दाेहाेराे अंकले घट्याे
- गाउँ सहर संवाददाता
- १४ श्रावण सोमबार, २०८१ | १६:४१:०० मा प्रकाशित
काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से घटेको छ। अघिल्लो कारोबार दिन ११३ अंक बढेको नेप्सेमा यस दिन घटेको हो।
यस दिन नेप्से परिसूचक २०.४६ अंक घटेर २६६१.०९ विन्दुमा झरेको छ। नेप्से घटेपनि काराेबार भने बढेको छ।
अघिल्लो कारोबार दिन १५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको २ लाख २२ हजार ६६० पटकको कारोबारमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जानकी फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार रकम ३९ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको परिसूचक ०.८१ प्रतिशत बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस