गाउँ सहर

राजस्व अनुसन्धान विभागद्वारा ७ जनाविरुद्ध मुद्दा दायर, साढे ३ करोड बिगो दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा साढे ३ करोड रुपैयाँ बढी बिगो दाबी गर्दै ७ जनाविरुद्ध उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले ३ करोड ५० लाख १५ हजार ५ सय ४१ रुपैयाँ बिगो कायम गरी दिनेश खरेल, अमोल विठ्ठल विभूते, गणेशदत्त बडू, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ (छ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो।

उनीहरूलाई ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदाबी गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत