गाउँ सहर

पाइलटको जीवित उद्धार, यात्रुहरूको शव निकालिँदै

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।

जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।

रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो ।

गृहमन्त्री रमेश लेखक विमानस्थलमा पुगेका छन् । घटनालगत्तै उनी त्यहाँ गएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत