नेपालले भारत विरुद्ध खेल्दै, पहिला बलिङमा नेपाल
- गाउँ सहर संवाददाता
- ८ श्रावण मंगलबार, २०८१ | १९:०१:०० मा प्रकाशित

काठमाडौं । एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् ।
नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र कृतिका मरासिनीको स्थानमा सबनम राइ र डली भट्ट टोलीमा आएका छन् ।
भारतले भने आज नियमित कप्तानी हर्मनप्रित कौर र पूजा भस्त्राकरलाई विश्राम दिएको छ ।
नेपालको प्लेइङ ११ मा इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, विन्दु रावल, सबनम राई, डली भट्ट छन् ।
समूहमा भारत र पाकिस्तानको समान ४-४ अंक छ । पाकिस्तानले सबै ३ खेल खेलिसकेको छ । पाकिस्तानले आज भएको पहिलो खेलमा युएईलाई १० विकेटले पराजित गरेको थियो । नेपालमा २ अंक रहेको छ ।
सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्ने छ । त्यसपछि पनि नेट रनरेटका आधारमा शीर्ष दुई टोलीको निर्धारण हुनेछ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।
पछिल्लो खेलमा पाकिस्तान विरुद्ध १० विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून रहेको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस