वाग्मतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
- गाउँ सहर संवाददाता
- ८ श्रावण मंगलबार, २०८१ | १७:४९:०० मा प्रकाशित

मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्ति गरेको पत्र हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामनासमेत दिएका थिए ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै वाग्मतीमा कांग्रेस–एमालेको सरकार निर्माण भएको हो । मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री दाबीका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।
उनलाई एमालेका (२७) र कांग्रेसका (३७) गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस