गाउँ सहर

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, यस्ताे छ पुरस्कारकाे व्यवस्था

काठमाडौँ । कुपण्डोलस्थित द वेस्ट मिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले यही जुलाई २८, २९ र ३० तारिखमा कलेज हातामा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा हालसालै सकिएको कक्षा १२, ए लेभल वा सीबीएसईको परीक्षामा सामेल भएका विद्यार्थीहरु सहभागी हुन सक्ने छन् ।

प्रवेश शुल्क नराखिएको यस प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरुले व्यक्तिगत तरिकाले फर्म भर्नुपर्ने छ ।

अनलाईन फर्म कलेजको सामाजिक संजालहरुमा उपलब्ध रहेकाे कलेजले जनाएकाे छ ।

प्रतियोगिताको पहिलो दिन ओरियन्टेशन र त्यसपछि विभिन्न चरणका खेलहरु हुनेछ ।

प्रतियोगिताको गेमिङ पार्टनरटेनेट्स रहेको छ ।

विजेताहरुले ८० हजार रुपैयाँको प्राइज पुलबाट नगद पुरस्कार प्राप्त गर्नेछन् भने विजेता तथा सहभागीहरुले कलेजमा आकर्षक छात्रा वृत्तिसमेत प्राप्त गर्नेछन् ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत