आत्महत्या रोकथाम सहजिकरण तालिम सम्पन्न
- गाउँ सहर संवाददाता
- ६ श्रावण आइतबार, २०८१ | ११:१७:०० मा प्रकाशित

काठमाडाैं । साइक डेस्क फाउन्डेसनले द स्कुल अफ साइकलोजि नेपाल र वल्र्डलिङ्क कम्युनिकेसन्सको सहयोगमा दुई दिने तालिम आयोजना गरेको हो । वल्र्ड लिङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भक्तपुरमा आत्महत्या रोकथाम सम्बन्धी तालिम आयोजना गरेको हो।
आत्महत्याको न्यूनीकरण गर्न भावनात्मक र सामाजिक सहयोगसँगै मनोविज्ञानको शिक्षाले पनि यसलाई न्यूनीकरण गर्न सहज पु–याँउछ भनि साइक डेस्क फाउण्डेशन भक्त्तपुरले आत्महत्या रोकथामका लागि विद्यार्थीहरुलाई दुई दिने तालिम सम्पन्न गरेको हाे ।
बढ्दो बालबालिका र युवायुवतीमा अहिले आत्महत्या गर्ने संख्या बढ्दो छ । यस कुरालाई महत्वमा राखि प्रशिक्षक मनोविद डा.नरेन्द्रसिङ ठगुन्नाले आत्म हत्या गर्नु अगाडि आउने सोच र त्यो सोच आएमा के गर्ने कोसँग सहयोग माग्ने भन्ने जस्ता कुरामा छलफल गरेर यो तालिम सम्पन्न गरेको छ ।
अहिले सम्म प्रशिक्षक मनोविद डा. नरेन्द्रसिङ ठगुन्नाले नेपाल, इण्डिया र बंगलादेशमा गरी १२१० जनालाई यो तालिम दिई सकिसकेका छन् भने करिब ८० हजार भन्दा बढी मानिसले यो तालिमबाट प्रत्यक्ष सहभागी भएर फाईदा लिसकेका छन् ।
यो तालिममा १० जनामा समावेशीकरण, पत्रकारदेखि मनोविद, ईन्जिनियरदेखि मेडिसिन क्षेत्रका सहभागीले सहभागिता जनाएका थिए । कसैलाई मनमा पीडा र एक्लोपनको महसुस हुन्छ तब परिवार साथीभाई वा आफ्नो मन मिल्ने साथीसँग सहयोग माग्नुपर्दछ । तर जब घर, परिवार साथीभाईले आफ्नो कुरा बुझदैनन् तब तनावमा पर्छन् र आत्महत्याको सोच बनाउछँन्।
कसैलाई आत्महत्याकोे सोच आएमावा कसैले त्यस्तो कुरा राखेमा तुरुन्तै नेपाल सरकारले दिएको हटलाईन नम्बर ११६६ मा फोन गरि जानकारी गराउनु पर्दछ । यो नम्बर २४ सै घण्टा उपलब्ध हुन्छ । आकास्मिक समयमा यो नम्बरमा सम्पर्क गरेर परामर्श लिन सकिनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस