यूएईले जितका लागि नेपाललाई दियाे १ सय १६ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- ४ श्रावण शुक्रबार, २०८१ | १५:५८:०० मा प्रकाशित

काठमाडाैं । एसीसी महिला एसिया कप २०२४ अन्तर्गत पहिलो खेलमा जितका लागि यूएईले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो।
पाचौँ विकेटका लागि काभिसा र खुसी शर्माले ३२ रनको साझेदारी गर्दै यूएईको इनिङस् उकासेका थिए। २६ बलमा २ चौका सहयोगमा २२ रन बनाएकी काभिसा १५ औँ ओभरको पहिलो बलमा कृतिका मरासिनीको बलमा कविता जोशीको हातबाट क्याच आउट भइन्।
३९ बलमा २ चौका प्रहार गरेकी खुसी १८.३ ओभरमा इन्दु बर्माको बलमा कृतिका मरासिनीको हातबाट क्याच आउट भईन्।
समाइरा डार्निडर्काले १३ रन थपिन्। कप्तान इसा ओजा १० रन बनाउँदा रन आउट भइन्।
नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १९ रन खर्च गरिन्। सवनम राई,कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट झारे।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस