केपी ओली नयाँ प्रधानमन्त्रीको रूपमा आइतबार नियुक्ति र शपथ ग्रहण गर्दै
- गाउँ सहर संवाददाता
- २९ असार शनिबार, २०८१ | ०९:४२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ ।
ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए ।
३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका अोली असार २८ गतेकै दिन प्रधानमन्त्री बन्नेगरी शेरवहादुर देउवाकै समर्थनमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न गएका थिए ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस