गण्डकीका सांसद देवकोटालाई प्रदेश सांसदका रुपमा काम गर्न दिन सर्वोच्चको आदेश
- गाउँ सहर संवाददाता
- १० असार सोमबार, २०८१ | १७:३७:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।
यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।
देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।
यो मुद्दामा सर्वोच्च अदालतले विपक्षी गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताल र माओवादी केन्द्रसँग लिखित जवाफ मागेको छ ।
सर्वोच्चले देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि उनको मनोनयन पत्र, निर्वाचन आयोगले दिएको प्रमाणपत्र र निर्वाचन आयोगले २०७९ मंसिर २९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरेको छ ।
त्यस्तै संविधान र राजनीतिक दलसम्बन्धी व्यवस्था हेर्दा देवकोटाले दल त्याग गरेको नदेखिएको सर्वोच्चको प्रारम्भिक निश्कर्ष छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यू१९ विश्वकप छनोट खेल्ने टोली घोषणा
- सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
- दीपक थापा ३१औँ आईजीपी नियुक्त, ८० हजार फौजको कमान्डर
- शेयरबजार : नेप्से परिसूचक घटेर २७०४ विन्दुमा
- बागलुङको बुर्तिबाङमा प्रभु बैंकले मनायो ग्लोबल मनी विक
- संसदमा सुशासनका कुरा (लाइभ)
- साताको पहिलो दिन शेयर बजारमा गिरावट
- स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक
- संसदमा चर्काचर्की हेर्नुस् प्रत्यक्ष प्रसारण
- फोनिज बागमती प्रदेशकाे अध्यक्षमा पुन: श्रेष्ठ, महासचिवमा नापित
प्रतिकृया दिनुहोस