ओली, देउवाप्रति संसदमा रूष्ट प्रधानमन्त्री प्रचण्ड
- गाउँ सहर संवाददाता
- ६ असार बिहीबार, २०८१ | १७:१४:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आफ्नो सम्बोधन रहेको बेला सत्ता र प्रतिपक्षका शीर्ष नेताहरू अनुपस्थित रहेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने दिन सांसद रहेका शीर्ष नेताहरू उपस्थित रहने अभ्यास तोडिएकोप्रति दाहालले असन्तुष्टि जनाएका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण, राष्ट्रपतिको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणसँगै सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । प्रधानमन्त्रीले भ्रमणबारे जानकारी गराइ सांसदहरूका प्रश्नको जवाफ दिएपछि शीर्ष नेताहरूको अनुपस्थितिमा असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्रीले सदनको परम्परा तोडिएको विषयमा असन्तुष्टि जनाएका हुन् । 'हाम्रो सदनको परम्परा, प्रचलन, गरिमा जे भनेपनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू मन्त्रीहरू इमर्जेन्सीबाहेक सबै उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । तर अब क्रमशः त्यो पातलिन थाल्या छ । यसले हामीले अमूक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी आफैंले आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ,' उनले भने ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तापक्षको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीले सम्बोधन गर्न जाने बेलामा कुर्सीमा थिए । प्रधानमन्त्री बोलिरहेकै बेला उनी पनि संसद् बैठकबाट बाहिरिएका थिए । ओली र देउवा पूर्वप्रधानमन्त्री हुन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि प्रतिनिधिसभा बैठकमा अनुपस्थित थिए । उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरू पनि अनुपस्थित रहेका थिए ।
प्रतिपक्षी दलका नेताहरू राजेन्द्र लिङ्देन, महन्थ ठाकुर र उपेन्द्र यादवलगायतका नेताहरू पनि प्रतिनिधिसभा बैठकमा अनुपस्थित थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस