टी-२० विश्वकपकाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्सलाई हराउँने र सुपर-८ को लक्ष्य
- गाउँ सहर संवाददाता
- २२ जेठ मंगलबार, २०८१ | ०७:४८:०० मा प्रकाशित

काठमाडाैं । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।
ग्राण्ड प्रेरीमा जारी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । नेपालले वार्मअप खेल क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो ।
ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिन आवश्यक छ । लगातार खराब प्रदर्शनमा पनि टोलीले यी दुई ओपनरमा नेपालले साथ दिएको छ । त्यो विश्वास विश्वकपमा प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ ।
दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किदा सन्दीप जोरा र अनिल कुमार साह मध्ये एक बाहिर हुनुपर्छ । अनिलले अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । अर्कोतर्फ ओपनरको राम्रो लय नहुँदा तेस्रो नम्बरमा अनिलले खेल्ने सम्भावना बलियो छ ।
तीव्र गतिका बलर प्रतिश जि.सी र कमलसिंह ऐरी बेन्चमा हुने निश्चित जस्तै छ । सन्दीप जोरा र सागर ढकाल पनि बाहिर हुने सम्भावना छ । पहिलो रोजाइका स्पिनर ललितका साथ नेपाल अघि बढ्न सक्छ । डेथ ओभर नेपालको कमजोरीको रुपमा रहँदै आएको छ । डेथ ओभरका प्रमुख बलर अभिनाश बोहराले अतिरिक्त जिम्मेवारी लिनुपर्छ ।
उता नेदरल्यान्ड्स शीर्षक्रमका ब्याटर माइकल लेभिट, म्याक्स ओडाउड र बास डि लिडेमा बढी निर्भरछ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा लेभिटले टीयु मैदानमा नेपालसँग तीनमध्ये दुई खेलमा अर्धशतक र नामिबियाविरुद्ध शतक हान्नै सिरिज जितेका थिए ।
विष्फोटक ब्याटर लेभिट र ओडाउडको विकेट समयमै लिन सके नेपाल खेलमा हाबी बन्न सक्छ ।
नेदरल्यान्ड्सले पार्मअप खेलमा श्रीलंकाविरुद्ध १८१ रन बनाउँदै २० रनको जित हात पारेको थियो । नेदरल्यान्ड्सको मध्यक्रममा स्कट एडवार्ड्स, तेजा निणामानिरु र साइब्राण्ड एंगलब्रेक्ट हुनेछन् ।
नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर मानिन्छ । तीव्र गतिका बलर पल भान मार्केन, बास डि लिडे र कायल केलिन खेल्ने सम्भावना छ ।
गत मार्चमा नेपाललाई त्रिकोणात्मक सिरिजको फाइनलमा ४ विकेटले हराउन नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य १९.३ ओभरमा पूरा गरेको थियो । उक्त नतिजाले नेदरल्यान्ड्को मनोबल केहि बलियो छ ।
हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच टी-२० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस