नेपाल 'ए' ले आयरल्यान्ड 'ए'सँग तेस्रो टी-२० अभ्यास खेल खेल्दै
- गाउँ सहर संवाददाता
- १९ चैत सोमबार, २०८० | ०७:३२:०० मा प्रकाशित
काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।
खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन ।
पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए । नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ ।
उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ ।
बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ ।
त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी-२० र एक दिवसीयलाई फरक-फरक टोली घोषणा गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै
- खड्का 'उत्कृष्ट निजामती सेवा' बाट पुरस्कृत
- दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
- के भए मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू ?
- राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई सहुलियत कर्जा दिने
- प्रतिबन्ध हटेपछि चल्न थाल्यो टिकटक, तपाइँकाे चल्याे ?
- नेपाल लाइफको मोटिभेसनल तालिममा 'नेपाल लाइफ तारा सम्मान' कार्यक्रम
- तीजका दिन सुनकाे मूल्य कति ?
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति पाण्डेले जनाए असन्तुष्टी
- आज हरितालिका तिज पर्व मनाइँदै
प्रतिकृया दिनुहोस