शिक्षा
त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा
- गाउँ सहर संवाददाता
- १७ चैत शनिबार, २०८० | १०:०८:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ ।
बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर लगायत उच्च तहको पढाई नेपाली तथा अंग्रेजी दुबै दुबै भाषामा हुनुपर्ने माग उठ्दै आइरहेको थियो ।
बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट पाउने
- मन्त्री पौडेलको निर्णय : मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख
- रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
- झन् झन् निराश लगानीकर्ता
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
प्रतिकृया दिनुहोस