भायानेटले जित्याे ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण शुक्रबार, २०८० | १०:२०:०० मा प्रकाशित
काठमाडाैँ । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ । एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको हो। अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो ।
उक्त अवार्डको लागि भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । विभिन्न निर्णायकहरूको प्रकृयगत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेट लाई विजेताको रूपमा चयन गरेको हो । कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो । एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट संचालन हुँदै आएको छ । अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिदै आएको पाइन्छ ।
भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै भन्छन् “भायानेट सधैं ग्राहकको आवश्यकता अनुरुप नविनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहदै आएको छ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गर्छ ।“
एक्स जि एस फाइबर टेक्नोलोजी, १० गीगाबिट्स प्रति सेकेन्ड (जिबिपिएस्) सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ, यसलाई बजारमा ल्याएसँगै स्थानीय व्यापार परिदृश्यमा यसको प्रभाव निकै राम्रो देखिएको छ । जसले उद्यमहरूलाई अतुलनीय दक्षता र विश्वसनीयताका साथ डिजिटल अर्थतन्त्रको आवश्यक मागहरू पूरा गर्न सक्षम बनाउँछ ।
भायानेटले भविष्यतर्फ हेर्दै गर्दा, एक्स जि एस प्रविधिको पहुँच विस्तार गर्न र नेपालमा इन्टरनेट गुणस्तर बनाउने कार्यको नेतृत्व गर्न प्रतिबद्ध छ । सधैँ ग्राहकलाई आवश्यक परेका र बिस्वबजारले विश्वास गरेका नविनाताम टेक्नोलोजी ल्याउन कम्पनी प्रतिबद्ध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस