आन्दोलनको तयारीमा जुट्दै राप्रपा
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण मंगलबार, २०८० | १२:१५:०० मा प्रकाशित
काठमाडाैं । निर्णायक आन्दोलनको घोषणा गरेको राप्रपाले आफ्नो कामलाई तिव्रता दिएको छ ।
चैतको दोस्रो हप्ताबाट राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको राप्रपाले त्यसलाई बलियो ढंगले सम्पन्न गर्न फागुन १६ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रम तय गरेको छ ।
आन्दोलन परिचालन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देशभरिबाट १०१ जना सहभागी रहने छन् । राप्रपाले आन्दोलन परिचालन समितिको संयोजकमा पार्टीका महामन्त्री माननीय डा. धवल शमशेर राणालाई तोकेको छ । प्रशिक्षणमा पार्टीको सैद्धान्तिक पक्षबारे पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, आन्दोलनको आवश्यकताबारे उपाध्यक्ष रविन्द्र मिश्र र आन्दोलनको सम्पूर्ण प्राविधिक पक्षबारे महामन्त्री डा.धवल शमशेर राणाले प्रशिक्षार्थीहरुलाइ प्रशिक्षण गराउने आन्दोलन परिचालन समितिका सदस्य जनकराज पाठकले बनाए ।
पाठकले भने- 'यहाँ हुन लागेको प्रशिक्षण कार्यक्रम भनेको यो आन्दोलन केन्द्रित मात्रै हो । यहाँको प्रशिक्षण सकिएलगतै २३ गतेभित्र सबै जिल्लामा र २८ गतेभित्र वडा तहसम्म प्रशिक्षणको कार्यक्रम चल्नेछ । यो लगत्तै आन्दोलनको विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिने छ । जिल्ला तहलेखि क्षेत्रीय तहसम्म र सहर केन्द्रीत आन्दोलनका रुपहरु हुनेछन् । चैत १५ पछाडि काठमाडौं प्रवेश गर्ने र वारपारको आन्दोलन गर्नेछौँ ।'
राप्रपाले हिन्दु अधिराज्य, राजसंस्था र प्रदेश खारेज लगायतका ४० बूँदे मागहरु प्रधानमन्त्रीलाई फागुन ९ गते बुझाएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस