ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर, गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण बिहीबार, २०८० | १९:२२:०० मा प्रकाशित
काठमाडौँ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।
उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्ने फैसला भएको छ ।
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई भने सफाइ दिएको छ । विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो । तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।
त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर विशेष अदालतले गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट पाउने
- मन्त्री पौडेलको निर्णय : मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख
- रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
- झन् झन् निराश लगानीकर्ता
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
प्रतिकृया दिनुहोस