शेयरबजार : साढे तीन अर्ब बराबरकाे काराेबार, नेप्से पनि बढ्याे
- गाउँ सहर संवाददाता
- २९ माघ सोमबार, २०८० | १५:११:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.३३ अंकले बढेर दुई हजार एक सय १ दशमलव १६ विन्दुमा बन्द भएको हो ।
आज ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९९ वटाको बढेको छ भने ४५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेलीस्मल हाइड्रोपावर लिमिटेड, चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेड र बलेफी हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।
त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.८९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस