काठमाडौँ। गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ। गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन्।
मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडिओमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ। भिडिओमा बिजय लामाले छायाँकन रहेको छ। अमृत चापागाईले सम्पादन गरेको भिडिओलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडिओ ‘अविनास थापा मगर’ च्यानल मार्फत सार्वजनिक भएको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस