विश्व

चीनमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • ९ माघ मंगलबार, २०८० | ०९:५७:०० मा प्रकाशित

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

२२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्प आएका थिए । भूकम्पको केन्द्रविन्दुमा कैयौँ आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । केही मानिस सामान्य घाइते भएका छन् ।

भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाईँको मत