गाउँ सहर

धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

काठमाडौं । अबदेखि धनगढीमा पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।

धनगढी उपमहानगरपालिकाले आज एक सूचनामार्फत आगामी माघ १ गतेदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको जनाएको हो ।

"चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," सूचनामा भनिएको छ ।

यसअघि, धनगढी उपमहानगरपालिकाको स्वास्थ्य ऐन २०७७ को दफा ३० (१) मा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री विरणको लागि धनगढी उपमहानगरपालिकाबाट छुट्टै स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको थियो ।

सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ बिक्री गर्ने पसलमा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइने छ भनिएको छ ।

बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताएका छन् ।

यसअघि काठमाडौं महानगरले महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत