गाउँ सहर

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापूर्वक समापन गरेको छ । नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभूमिमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो ।

दायित्व र नेपाल लिडरसीप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायहरूको सहभागिता रहेको थियो ।

“समावेशी विकासका लागि नवीन आविष्कारहरू“ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए । उनीहरूले नेपालमा समावेशी र सहकार्यमूलक शासनका लागि नयाँ सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गरेका थिए भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राखेका थिए ।

साथै उद्‍घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवं महिला अधिकारवादी रीता थापालगायत वरिष्ठ व्यक्तित्वहरूले समावेशी विकाससम्बन्धी आफ्नो विशेष मन्तव्य राखेका थिए ।

गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने दोश्रो सत्रमा ब्रेकिंग व्यारीयर्स ׃ एड्भानसिङ्ग बियोन्ड रेप्रेजेन्टेसन टू डिग्गनिटि एन्ड सेल्फ– डिटरमिनेशन विषयमा छलफल भएको थियो । त्यस्तै गोष्ठीको पहिलो दिनको दोश्रो भाग अन्तर्गत तेश्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्दा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत