'चन्द्र भण्डारीजी भाषण गर्न सिपालु हुनुहुन्छ, अब काम गर्ने बेला आएको छ, काम पनि गर्नुस्' : देउवा
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर शनिबार, २०८० | १७:०९:०० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम बोल्ने र काम बढी गर्न खोजिरहेको बताएका छन्।
कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले भने, 'म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ। कम बोल्ने, काम बढी गर्न खोजिरहेको छ, हेरौं के हुन्छ।'
सभापति देउवाले केन्द्रीय सदस्य चन्द्र भण्डारीको वाककला राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए।
सम्मेलनमा देउवाअघि भण्डारी बोलेका थिए।
'चन्द्र भण्डारीजी भाषण गर्न सिपालु हुनुहुन्छ, अब काम गर्ने बेला आएको छ, काम पनि गर्नुस्', देउवाले भने।
देउवाले राजनीति कुरा खासै गरेनन्। पार्टीको आन्तरिक एकताबारे केही कुरा राखेका थिए।
'बुद्ध जन्मेको धर्तीबाटै हाम्रो पार्टीमा एकता स्थापित हुनेछ, हाम्रो पार्टी बलियो हुनेछ र अघि बढ्नेछ भन्ने विश्वास लिएको छु', देउवाले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस